Logo

आज यी कम्पनीको लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं, ६ जेठ । नेप्से आज ६ दशमलव ३७ अंकले बढ्दा नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार सर्वाधिक भएको छ । । नेप्सेको अनुसार आज २१४ कम्पनीको १ लाख ६ हजार ३९९ पटक कारोबार भएर ९ अर्ब ३० करोड ५३ लाख २२ हजार ४ रुपैयाँ बराबरको २ करोड १ लाख ३३ हजार ६०२ प्रतिकित्ता शेयर खरिद बिक्रि भएको हो ।

आज ८ कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ । मञ्जुश्री फाइनान्सको शेयरमुल्य १० प्रतिशतका दरले बढेको छ । यो कम्पनीको लगानीकर्ताहरुले आज १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, गुडविल फाइनान्सको १० प्रतिशतका दरले लगानीकर्ताले कमाएका छन् ।

यसैगरी, समता लघुवित्तको ९.९६ प्रतिशतले शेयरमुल्य बढेको हो । गोर्खाज फाइनान्स, युनाइटेड इर्दी मर्दी, गृहेश्वरी मर्चेन्ट, जानकी फाइनान्स, मितेरी डेभलपमेन्ट, डिप्रोक्स र लुम्बिनी बैंकको आज शेयरमुल्य बढेको हो ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम