हेटौंंडा, ६ जेठ । आश्चर्यजनक रुपमा बादलले मत पाएमात्र चुनाव जित्ने अवस्था बनेको छ । मतगणनाको ट्रेन्डले पनि खिमलाल जित्ने अवस्था देखिएको छ ।
राष्ट्रिय सभाको बागमती प्रदेशतर्फको रिक्त सदस्यको उपनिर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिको मतगणनामा बादललाई खिमलालले ठूलै अन्तरले पछि पारेका छन् । स्थानीय तहमा १२८ जनप्रतिनिधिले खिमलाललाई मतदान गरेका छन् । बादलको पक्षमा १०३ मत परेको छ । नेमकिपाको पक्षमा २ मत परेको छ ।
मतदानको ट्रेन्ड यही रहेमा प्रदेशसभामा पनि बादल पछि पर्ने देखिन्छ । उनलाई स्थानीय तहमा एमालेका माधवकुमार नेपाल पक्षधर जनप्रतिनिधिले मतदान गरेनन् । प्रदेश सभामा पनि त्यस्तै ट्रेन्ड देखिदैछ ।
बादल खिमलालबाट चुनावमा पराजित भएमा उनको गृहमन्त्री पुनः बन्ने सम्भावनामा पूर्णविराम लाग्नेछ । सर्वोच्च अदालतले आजै सांसद नभएका ७ जनालाई दोस्रोपटक मन्त्री बनाएकोमा असंवैधानिक ठहर गरेर काम नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरिसकेको छ ।-फाइल तस्बिर




प्रतिक्रिया