Logo

विद्यार्थीका बिषयमा सरकार गम्भीर बनोस्ः नेबिसंघ महामन्त्री तिमल्सिना



-बालाबालिकाको निम्ति अस्पतालहरुमा बिषेश वार्ड/आइसियु र १२ बर्ष माथिका विद्यार्थी लाई खोपको ब्यबस्था गर ।
– विद्यार्थीमा SEE र कक्षा १२ को परिक्षाको अन्योलता कहिले सम्म ??

काठमाडौं, ६ जेठ । नेपाल विद्यार्थी संघले नेपालमा तीन किसिमका कोरोना भाइरस देखिएको, तेस्रो लहर नेपालमा पनि भित्रिने सम्भावना भएको र त्यसले थप बिकराल स्थिति ल्याउन सक्ने र अझ वालवालिका र विद्यार्थीहरुलाई गम्भीर असर गर्ने विज्ञहरुले बताइरहेकाले विद्यार्थीको स्वास्थ्यका बारेमा गम्भीर चिन्ता व्यक्त गरेको छ ।

नेबिसंघका महामन्त्री बलदेव तिमल्सिनाले आज एक बिज्ञप्ति मार्फत सरकारलाई केन्द्र र सातवटै प्रदेशमा वालवालिकाका लागि अस्पतालहरुमा विषेश वार्ड/आइसीयू, भेन्टिलेटर,अक्सिजन लगायतको तयारी र १२ वर्ष भन्दा माथिका विद्यार्थीहरुलाई तत्काल खोप सुरु गर्ने गरि आबश्यक प्रक्रिया अघि बढाउन आग्रह गरेका छन ।

त्यस्तै महामन्त्री तिमल्सिनाले सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा आजसम्म पनि कुनै निर्णय नगरी परिक्षाको तयारीमा रहेका करिब आठ लाख भन्दा बढी विद्यार्थी हरुमा मानसिक तनाब र अन्योलता शृजना गराएको बताएका छन ।

राष्ट्रिय परिक्षाबोर्डले जेठ १३ गतेबाट एसईई तथा जेठ अन्तिम साताबाट कक्षा १२ को परीक्षा लिने निधो गरेकोमा कोरोना (Covid-19) बढ्दै गई निषेधाज्ञाको चरणमा पुगेपछि परीक्षा स्थगित गरी परिवर्तित परिस्थितिमा परीक्षाको मोडालिटीमा विषयमा अध्ययन गर्ने निर्णय गरेपनि अझैसम्म ठोस कार्ययोजना तय गर्न सक्नु दुःखद भएको महामन्त्री तिमल्सिनाले बताए ।

साथै एसईई र कक्षा १२ को परीक्षाको विधिका बारेमा उपत्यकाभित्र सिमित ब्यक्ति र क्षेत्रमा मात्र नभई उपत्यका बाहिर समेत सबै सरोकारवाला हरु संग परामर्श गर्न तर्फ सचेत गराउदै महामन्त्री तिमल्सिनाले समग्र देशको भूगोल, सामाजिक अवस्था, सूचना प्रविधिको पहुँच, कक्षाकोठाभित्रको सिकाइ सहजता, प्रत्येक जिल्कामा रहेको फरक फरक–फरक अबस्थितिका बारेमा समेत व्यापक छलफल र परामर्श गरि तत्काल कार्ययोजना बनाउन ध्यानाकर्षण गराएका छन ।

 



प्रतिक्रिया दिनुहोस्