Logo

जेठ ९ बाट संसद अधिवेशन हुने



काठमाडौं, ६ जेठ । संसदको अधिवेशन जेठ ९ बाट शुरु हुने निश्चितप्रायः भएको छ । मन्त्रिपरिषद्को बैठकले जेठ ९ गते संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको हो । अब राष्ट्रपतिले सोही सिफारिशका आधारमा अधिवेशन बोलाउन आव्हान गर्ने सम्भावना छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद बैठक बोलाउनेभन्दा सिधै अधिवेशन बोलाउन सिफारिश गर्ने निर्णय लिएका थिए । उनले विश्वासको मत नलिने निर्णय समेत आजको मन्त्रिपरिषद् बैठकमा सुनाएका थिए ।

विश्वासको मत २८ जेठभित्र नलिए राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार बनाउन दलहरुलाई आव्हान गर्नेछिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot