Logo

उद्योगपति तेजेन्द्र खड्काको पशुपतिमा अन्त्येष्टि



काठमाडौं, ६ जेठ । कोरोना संक्रमणले थलिएर आज निधन भएका उद्योगी तथा व्यवसायी तेजेन्द्र खड्काको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरिरमा प्राइम टिभीका अध्यक्ष तथा वरिष्ठ पत्रकार ऋषि धमला, टिभीका महाप्रबन्धक बैकुण्ड ढुंगानाले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

कोरोना संक्रमणका कारण खड्काको आज विहान १० बजे उपचारकै क्रममा निधन भएको थियो । कोराना संक्रमण भएपछि खड्का विगत एक महिनादेखि ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पतालमा उपचारार्थ थिए । तर, खड्काको एक हप्ता अघि गरिएको पिसिआर परीक्षणको नतिजा भने नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएपनि उनी स्वास्थ्यमा समस्या भएर अस्पतालमै बसेर स्वास्थ्यलाभ गरिरहेका थिए ।

५३ वर्षीय स्वर्गीय खड्का नेपालकै ठूलो उद्योग टाईगर ब्रअरीका अध्यक्ष हुन् । नेपालको मदिरा उद्योगमा खड्काले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी प्राइम टाईम्स टेलिभिजनका संरक्षक पनि हुन् । खड्काकी श्रीमती सुन्तली खड्काको पनि केही हप्ता पहिले कोरोना संक्रमणकै कारण उपचारको क्रममा मेडिसिटी अस्पतालमै निधन भएको थियो । खड्काका दुई छोरा र एक छोरी छन् । छोरी ईश्वरी खड्का प्राइम टिभीकी सञ्चालक हुन् । छोराहरु प्रेम खड्का र लक्ष्मण खड्का उद्योगरव्यवसायमा आवद्ध छन् ।



प्रतिक्रिया दिनुहोस्