Logo

नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न प्रधानमन्त्रीले पठाए राष्ट्रपतिलाई पत्र



जेठ ६, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (५) को प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसमक्ष अनुरोध गरेका छन् । आफूसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै ओलीले नयाँ सरकार गठनका लागि राष्ट्रपतिलाई प्रक्रिया सुरु गर्न भनेका हुन् ।

बिहीबार मन्त्रिपरिषदको बैठकपछि राष्ट्रपतिलाई पत्र लेख्दै उनले नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न अनुरोध गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आजै प्रधानमन्त्रीको आग्रह अनुसार प्रक्रिया सुरु गर्ने बताइएको छ ।

यसअघि आजै मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियाबाट पछि हटेको जानकारी गराएका थिए । पदमुक्त भएको तीन दिनपछि अर्थात वैशाख ३० गते एमाले अध्यक्ष समेत रहेका ओली पुन ः प्रधानमन्त्री नियुक्त भएका थिए ।

त्यसअघि वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि ओली पदमुक्त भएका थिए । तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र काँग्रेस–माओवादीले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो । तर फेरी विश्वासको मत प्राप्त नहुने अवस्था देखेपछि ओलीले उक्त प्रक्रियामा नजाने निर्णय गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्