Logo

नियत नै ७६.३ को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखियो : डा. आचार्य



काठमाडौं, ६ जेठ । संविधानविद् डा. भीमार्जुन आचार्यले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नियत नै संसद विघटन गर्न खोजेको जस्तो देखिएको टिप्पणी गरेका छन् । डा. आचार्यले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था नभएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका छन्-“विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आब्हान् गर्न सक्ने संवैधानिक ब्यवस्था छैन। राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभए सम्म अर्को सरकार गठनको सिफारिश हुन सक्दैन। नियत नै ७६.३ को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखियो।”



प्रतिक्रिया दिनुहोस्