Logo

राष्ट्रपतिलाई महाअभियोग लगाएर विदा गरौं : गगन थापा



काठमाडौं, ६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गगन कुमार थापाले नयाँ सरकार गठन गर्न दिईएको समयसिमा अगावै नयाँ सरकार बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदा र महाअभियोग लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई विदा गर्नुपर्ने धारणा राखेका छन् ।

नयाँ सरकार गठनको लागि आजमात्रै राष्ट्रपतिले धारा ७६ को ५ अनुसार भोलि साँझ ५ बजेसम्मको समय दिएकी छिन् । यसको विरोधमा संविधानविद्हरु आफ्नो धारणा राखेका छन् । यही सन्दर्भमा नेता थापाले यस्तो लेखेका हुन् ।

उनले लेखेका छन्-“विश्वासको मत लिन मन नलागे प्रमले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण,के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो?जानेर गरेको हो। गनगन गरेर नबसौं।सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं,महाअभियोग लगाएर रापलाई बिदा गरौं।”



प्रतिक्रिया दिनुहोस्