Logo

बाबुरामद्धारा प्रधानमन्त्री र राष्ट्रपतिलाई खुराफात शीरोमणिको संज्ञा



काठमाडौं, ६ जेठ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई खुराफात शीरोमणिको संज्ञा दिएका छन् । प्रधानमन्त्री र राष्टपतिले संविधानमाथि आक्रमण गरेको र यसको श्रृंखला नरोकिएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन् खुराफात शीरोमणि द्वयको षडयन्त्र र संविधानमाथिको आक्रमणको शृंखला नरोकिने भयो।कोरोना महाब्याधीको यत्रो संकटको वेला देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावकोअंध्यारो सुरूंगमा धकेल्नेहरूलाई दण्डितरपरास्त गरौं।सबैले दलीय रनिजी स्वार्थ त्यागेर जोजेमा सहमति हुन्छ धारा७६९५०बाटै निकास दिऊॅ१



प्रतिक्रिया दिनुहोस्