Logo

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि जालसाजी गरेका छन् : रमेश लेखक



काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि जालसाजी गरेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल फेशबुकमार्फत आफ्नो धारणा राख्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्-‘राष्ट्रपति र प्रधानमंत्रीले मिलेर फेरि एक पटक संविधानको खिल्ली उडाउनु भयाे । प्रधानमंत्रीले प्रतिनिधि सभामा विश्वासको मतकालागि नगई वा म विश्वासको मत लिन सक्दैन भनी राजीनामा नगरि धारा ७६ (५) को सरकारकाे प्रक्रिया शुरू हुन सक्दैन । राष्ट्रपति र प्रधानमंत्रीले संविधान माथी जालसाजी गरेका छन । यो काम घाेर अलाेकतान्त्रिक, असंवैधानिक, अधिनायकवादी र अनैतिक हाे । वहाहरूले संविधानमाथी गरीरहेकाे अपराधकालागि ईतिहासमा जवाफ दिनु पर्ला ।’



प्रतिक्रिया दिनुहोस्