Logo

राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउनुपर्ने तरुण दलको माग (विज्ञप्तीसहित)



काठमाडौं, ६ जेठ । नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई तत्काल महाअभियोग लगाएर हटाउनुपर्ने बताएको छ । राष्ट्रपति भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिएको पनि तरुण दलको टिप्पणी छ । अध्यक्ष जितजंग बस्नेतले आज एक विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् ।

बस्नेतद्धारा जारी विज्ञप्तीमा भनिएको छ, सम्माननिय राष्ट्रपति ज्युको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संबिधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रिय समिति जोडदार माग गर्दछ ।

 



प्रतिक्रिया दिनुहोस्