Logo

कोरोनाका संक्रमितलाई बोक्ने हेलिकोप्टरले थप एक लाखसम्म भाडा लिन पाउने



काठमाडौं, जेठ ७। कोरोना भाइरसको संक्रमित यात्रुलाई उद्धार गर्ने हेलिकोप्टर कम्पनीले साविकको भाडादरमा प्रतिउडान थप १ लाख लिन पाउने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीवार सूचना जारी गर्दै भाडादरमा प्रतिउडान थप १ लाख रुपैयाँ लिन पाउने सक्ने व्यवस्था गरिदिएको छ ।

अहिले आर–४४रआर–४६ र एएस ३५० सिरिजरएफएक्सरबेल २०६ सिरिजका हेलिकप्टरको प्रतिघण्टा भाडादर क्रमशः १००० डलर र १ हजार २०० डलर रहेको छ । यात्रुले यो डलर बराबर नेपाली रुपैयाँ भाडा तिर्नुपर्छ । कोरोना भाइरसको महामारीमा अहिले उद्धार उडान हुँदै आएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले कम्पनीहरूको अतिरिक्त खर्च बढी हुने भएकाले यसलाई व्यवस्थित र एकरूपता दिन थप भाडादर तोकिएको जानकारी दिए ।

‘हेलीकोप्टर कम्पनीहरूले यो रकमभन्दा बढी माग गरेका थिए,’ उनले भने, ‘यो अवस्थामा बढी भाडा लिनु उपयुक्त हुँदैन भनेर नै खर्चका आधारमा यात्रुलाई सहुलियतका लागि प्राधिकरणले नै थप भाडा तोकिदिएको हो ।’ प्राधिकरणका अनुसार हाल ६ ओटा कम्पनीलाई कोभिड संक्रमित उद्धारका लागि उडान अनुमति दिइएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्