Logo

ओलीको प्रस्ताव ‘आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार’



काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अझै पनि सहमतिका लागि विकल्प अगाडि सारेका छन् । उनले राष्ट्रिय सहमतिको सरकारको विकल्प अगाडि सारेका हुन् ।

प्रधानमन्त्रीका विदेश मामला सल्लाहकार डा. राजन भट्टराईले अझै पनि राष्ट्रिय सहमतिको सरकारको सम्भावना रहेको बताए । उनले राष्ट्रिय सहमतिको सरकार बनाएर कोभिड १९ सँग जुध्ने र चुनावपनि गर्ने सहमति बनाएर जान सकिन्छ ।

राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि नेपाली काँग्रेस, जनता समाजवादी पार्टीलगायतका दललाई प्रधानमन्त्री ओलीले प्रस्ताव गरेको बुझिएको छ । भट्टराईले काँग्रेससँग त्यसबारे कुराकानी भएको बताए ।

प्रधानमन्त्री ओली फेरि आफ्नै नेतृत्वको सरकार बनाएर मध्यावधि चुनावमा बढ्न खोज्दा राजनीतिक टकराव बढिरहँदा राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव बालुवाटारले सारेको हो ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot