Logo

कांग्रेस बैठक सुरु, प्रधानमन्त्रीको राजीनामा मागिने



काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवाको निवासमा बैठक भर्खरै सुरु भएको हो । राष्टपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको लागि आज साँझ ५ बजेसम्मको लागि समय दिएपछि कांग्रेसले त्यसको विरोध जनाएको छ ।

हिजै विज्ञप्ती निकालेर उक्त प्रक्रियालाई संविधानमाथि बलमिच्याई भनिसकेको छ । अहिले सुरु भएको बैठकले हिजोको राष्टपति र प्रधानमन्त्रीको कदमको भत्र्सना गर्ने जनाईएको छ । उक्त कदमलाई कांग्रेस नेताहरुले जालसाजीको संज्ञा दिएका छन् । नेता रमेश लेखकले त संविधानमाथि ठूलो आक्रमण भएको टिप्पणी गरेका छन् ।

उनकाअनुसार आजको बैठकमा प्रधानमन्त्रीको राजीनामा मागिने भएको छ । त्यस्तै, प्रधानमन्त्रीले राजीनामा नदिईकन वा विश्वासको मत नलिईकन नयाँ सरकार गठनको कुनै प्रक्रिया नै थाल्न नमिल्ने पनि कांग्रेसको ठहर छ । राष्टपतिले नयाँ सरकार गठनको प्रक्रियालाई सच्याउनुपर्ने पनि कांग्रेसको माग छ । बैठकले वैकल्पिक सरकार गठनको लागि अन्य दलसँग सल्लाह गरेर एउटा निर्णयमा पुग्ने पनि जनाईएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्