Logo

प्रधानमन्त्रीले देशमाथि धोकाधडी गरे : डा. त्रिपाठी (भिडिओसहित)



काठमाडौं, ७ जेठ । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले नयाँ सरकार गठनको आह्वान प्रक्रिया नै प्रथम दृष्टिमै असंवैधानिक रहेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राष्टपति विद्यादेवी भण्डारीले संविधानसम्मत् भूमिका नखेलेको टिप्पणी गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६ को ३ अनुसार सपथ लिएको तर विश्वासको मत नलिएको भन्दै देशमाथि धोकाधडीको राजनीति गरेको पनि आरोप लगाए । अहिले प्रधानमन्त्रीको पद नै खाली नभएको अवस्थामा नयाँ सरकार गठन आह्वान गर्नु हाँस्यस्पद र गैरसंवैधानिक भएको त्रिपाठीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्