Logo

घट्यो सुनचाँदीको मुल्य, प्रतितोला कतिमा कारोबार ?



काठमाडौं, ७ जेठ । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । बिहीबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ४ सयले घटेर प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा खरिद विक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कामय भएको छ । हिजो ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मुल्य पनि १० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला १३ सय ६० रुपैयाँमा किनबेच भएको चाँदीको मुल्य आज १३ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्