Logo

मुक्तिनाथ बैंकले ल्यायो मिस्ड कल सेवा



काठमाडौं, ७ जेठ । आफ्ना ग्राहकहरुको सुविधाका लागि मुक्तिनाथ विकास बैंकले मिस्ड कल बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकको अनुसार ग्राहकहरुले यस मिस्ड कल बैंकिङ सेवाबाट बैंकको निक्षेप तथा कर्जा सम्बन्धी सेवाहरुको बारे सजिलै जानकारी लिन सक्नेछन् ।

यो सुविधा लिन ग्राहकहरुल बैंकले दिएका मोबाइल नम्बरहरुमा बैंकको कार्यालय समय भित्र मिस्ड कल गर्नुपर्ने हुन्छ । बैंकले केहि समयमै बैंकबाट ग्राहकहरुको जिज्ञासाको लागि सोही नम्बरमा सम्पर्क गरिने उल्लेख गरेको छ ।

बैंकले यसै गरी डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट पनि विना कुनै शुल्क रकम झिक्न सक्ने पनि व्यवस्था गरेको छ ।
मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्