Logo

देउवा निवास पुगेका प्रचण्डले भने : राष्ट्रपतिमाथि महाअभियोग आउनसक्छ, छलफल हुँदैछ (भिडिओसहित)



काठमाडौं, ७ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग आउनसक्ने बताएका छन् ।

विपक्षी गठबन्धनको छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको घरभित्र छिर्ने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै दाहालले यस्तो बताएका हुन् । कांग्रेसको केही समयअघि सम्पन्न बैठकमा समेत राष्टपतिमाथि महाअभियोग लगाउनेबारे छलफल भएको थियो ।

 

 



प्रतिक्रिया दिनुहोस्