Logo

माधव नेपाल पनि पुगे देउवा निवास



काठमाडौं, ७ जेठ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालपनि विपक्षी गठबन्धनको बैठकमा सहभागी भएका छन् । उनी भर्खरै कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पुगेका छन् । यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालपनि देउवा निवास पुगिसकेका छन् ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईपनि देउवा निवास पुग्ने क्रम रहेको छ । राष्टपतिले संविधानको धारा ७६ को ५ बमोजिम सरकार गठनको लागि आज साँझ ५ बजेसम्मको समय दिएकोले दलहरुको सक्रियता बढेको छ।

तर, कांग्रेस, माओवादी केन्द्र र जसपाको यादव पक्षले राष्टपतिले गैरसंवैधानिक रुपमा सरकार गठनको लागि आह्वान गरेको भन्दै भत्र्सना गरेका छन् । अहिले सुरु भएको विपक्षी गठबन्धनको बैठकमा राष्टपतिमाथि महाअभियोग लगाउनेबारे छलफल हुने बताईएको छ । यसको संकेत कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरिसकेका छन् ।  Photo & Video By: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्