Logo

भारतमा कोभिडको दोस्रो लहर आर्थिक नभई मानविय संकट



एजेन्सी, ७ जेठ । भारतमा कोभिड–१९ महामारीको दोस्रो लहरले आर्थिक नभई मानविय संकट भएको एक रिपोर्टले बताएको छ । जापानको ब्रोकरेज फर्म नोमुराले बिहीबार जारी गरेको रिपोर्टमा भारतमा अप्रिल–जुन महिनामा गत वर्षको भन्दा बृद्विदर निकै कम हुने उल्लेख गरिएको छ ।

ब्रोकरेज फर्मलाई उद्र्वत गर्दै भारतीय मिडिया वेबदुनियाले मार्च महिनाको तुलनामा जुन महिनामा अर्थव्यवस्थामा ३.८ प्रतिशतले संकुचन हुने उल्लेख गरेको छ । रिपोर्टको अनुसार भारतमा लकडाउन अब ६ हप्तासम्म जारी रहनेछ ।

अहिले खोपको रफ्तार कम भएपनि अब भने खोपले गति लिने पनि रिपोर्टमा उल्लेख गरिएको छ । नोमुराको अनुसार २०२१ को अन्त्यसम्म भारतका आधा जनसंख्याले खोप पाउनेछन् । तेस्रो महिनामा घरेलु खपत बढ्नेछ । नोमुराले आर्थिक वर्ष २०२१–२२ को लागि १०.८ प्रतिशत जीडिपी बृद्वि अनुमान गरेको छ ।



प्रतिक्रिया दिनुहोस्