Logo

भीम रावलपनि पुगे देउवा निवासमा



काठमाडौं, ७ जेठ । नेकपा (एमाले) का नेता डा. भीम बहादुर रावलपनि विपक्षी गठबन्धनको बैठकमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेका छन् । यसअघि एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पनि देउवा निवास पुगिसकेका छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्षको अहिले बैठक जारी छ ।

आजको बैठकमा वैकल्पिक सरकार गठनबारे छलफल भएको बताईएको छ । कांग्रेसको आज विहान बसेको पदाधिकारी बैठकले राष्टपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनेबारे छलफल गरेको थियो । र, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि राष्टपतिमाथि महाअभियोग लगाउनेबारे सल्लाह भैरहेको प्रतिक्रिया दिएका छन् । पछिल्लो समय एमालेको माधव नेपाल पक्षधर कांग्रेसको नेतृत्वमा सरकार गठन होस भन्ने पक्षमा पुगेको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्