Logo

कोरोना भाइरसपछि भारतमा उस्तै लक्षण भएको व्हाइट फंगश बढ्दै



व्हाइट फंगस भएका बिरामीको पिसीआर र एन्टिजेन दुवै परिक्षणको रिपोर्ट नेगेटिभ देखाँउछ ।

एजेन्सी, ७ जेठ । भारतको पटनामा कोरोना भाइरसको कारण ब्ल्याक फंगससँग जुधिरहेका मानिसहरलाई नयाँ समस्या आएको छ । त्यसको नाम हो व्हाइट फंगस ।

बिहारको पटना अस्पतालमा चार जना व्हाइट फंगसका बिरामी भेटिएका छन् । समाचार अनुसार यो ब्ल्याक फंगस भन्दा बढी खतरनाक हो । व्हाइट फंगस हुने मुख्य कारण फोक्सो संक्रमण हुनु हो । यसले फोक्सोको साथै छाला, नङ, मुखको भित्रि भाग, ग्यास्ट्रिक, आन्द्रा, कलेजो, गुप्तांग र मतिष्क आदीलाई संक्रमण गर्छ ।

फोक्सोमा व्हाइट फंगसबाट भएको संक्रमणको लक्षण कोरोनाको जस्तै हुन्छ । यी दुई रोगबीचको लक्षणमा फरक छुट्टाउन मुस्किल पर्छ । व्हाइट फंगसको बिरामीको पिसीआर र एन्टिजेन दुवै  परिक्षण नेगेटिभ देखाँउछ । Photo-Agency

 

 



प्रतिक्रिया दिनुहोस्