काठमाडौं, ७ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब कसरी अघि बढ्ने ? भन्नेबारे धेरै विकल्पमा छलफल भएको बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको एमालेको माधव नेपाल पक्षसहितको विपक्षी गठबन्धनको छलफल सकिएलगत्तै बाहिरिने क्रममा प्रचण्डले धेरै विकल्पमा छलफल भएको भन्दै एक छिनमा टुँगोमा पुग्ने प्रतिक्रिया दिए । उनले भने, धेरै विकल्प छन् । हामी एकछिनमा एउटा टुँगोमा पुग्छौं ।”
जसपाबाट बैठकमा सहभागी नेता मोहम्मद ईस्तियाक राईले राष्टपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएको अवस्थामा धारा ७६ को ५ अनुसार सरकार गठन आह्वान गर्नु गैरसंवैधानिक भएको टिप्पणी गरे ।




प्रतिक्रिया