Logo

आँधिबेहरीको असर अजय देवगनको ‘मैदान’मा, तेस्रो पटक सेट निर्माण गर्ने



एजेन्सी, ७ जेठ । केही दिन अगाडी भारतमा आएको टाक्टे तुफानले कर्नाटक, केरल, गोवा महाराष्ट्र र गुजरातमा धेरै क्षति पुरयाएको छ । तुफानबाट करोडौ सम्पत्ति नष्ट भएपनि मानविय क्षति भने भएन् ।

बउिलडका अभिनेता अजय देवगनको आगामी फिल्म ‘मैदान’ को सेटलाई आँधिबेहरीले ठुलो असर परेको छ । फिल्मका निर्माता बोनी कपुरले पुनः तेस्रो पटक फिल्मको सेट निर्माण गर्नु पर्ने बताएका छन् ।

बोनी कपुरले ईटाइम्ससँग कुरा गर्दै सेट पुर्ण रुपमा क्षति भएकोले तेस्रो पटक सेट निर्माण गर्नुपर्ने बताए । उनले पहिलो पटक लकडाउनको कारण सेट ब्रेक गर्न परेको स्मरण गर्दै लकडाउन नभएको भए हालसम्म फिल्मको सबै काम सकिसक्ने पनि जिकिर गरे ।

बोनीले फिल्ममा हालसम्म ३० करोड खर्च गरीसकेको बताएका छन् । फिल्म निर्माण घोषणाको क्रममा डिजिटल प्लेटफर्ममा रिलिज गर्ने बताइएको थियो । तर हिजोमात्रै फिल्म निर्माण पक्षले एक विज्ञप्ति जारी गर्दै हाल फिल्म रिलिज गर्ने विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।



प्रतिक्रिया दिनुहोस्