Logo

माधव नेपालसँग ‘हिसाबकिताब गर्ने’ ओलीको चेतावनी



काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपाललाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले नेपाल समूहल आफ्नो पार्टीको उम्मदेवारलाई हराएको भन्दै कारबाहीको चेतावनी दिएका हुन् ।

‘उहाँहरुसँग हिसाबकिताब गर्न बाँकी छ,’ आज आयोजित पत्रकार सम्मेलनमा ओलीले माधव नेपालतर्फ संकेत गर्दै भने,‘आफ्नै पार्टीका उम्मदेवारलाई हराउने सामान्य कुरा होइन ।’

ओलीले कर्णालीमा फ्लोर क्रस दण्डनीय, अनैनिक र अराजनीतिक बाटो भएको टिप्पणी गरे । उनले त्यसको पनि हिसाबकिताब बाँकी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्