म सरकार बनाउन दाबी गर्ने प्रयासमा छु : प्रधानमन्त्री ओली (भिडिओसहित)


काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि आज साँझ ५ बजे नै सरकारको दाबी गर्नेगरि जानसक्ने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पादकहरुसँगको अन्तरक्रियामा यस्तो बताएका हुन् ।

पत्रकार ऋषि धमलाले तपाई चाहीँ सरकारको दाबी गरेर राष्टपतिकहाँ आज जानुहुन्छ कि हुन्न ? भनेर सोधेको प्रश्नमा उनले भने-“मैले दाबी गर्न सक्छु । अहिलेसम्म म सँग १२१ मतभार छ । अलिक सजिलो होला मलाई, म कोशिस गरिरहेको छु । समर्थन प्राप्त भयो भने र राष्टपतिलाइ भरपर्दो आधार लागेर नियुक्त गर्नुभयो भने मैले सरकार बनाउँछु । र, विश्वासको मत फेरि एक महिनाभित्र लिनेछु । आजै समर्थन दिनुहोस, म सरकार चलाउन चाहन्छु । दिनुहुन्न भने प्रतिनिधिसभा विघटन गरेर चुनावमा लग्यो भन्न पाईँदैन् । यसको जवाफदेही उहाँहरु हुनुहुन्छ । म होईन । अहिलेपनि मलाई समर्थन दिनुहोस् । कमसेकम बहुमत पुग्नेगरि दिनुहोस् ।”