Logo

विपक्षी गठबन्धनको बैठक सिंहदरबारमा सुरु



काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनेगरि विपक्षी गठबन्धन छलफलमा जुटेका छन् ।  सिंहदरबारस्थित् सार्वजनिक लेखा समितिको हलमा कांग्रेसबाट रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, नेकपा (एमाले) को माधव नेपाल पक्षबाट भीम रावल र जसपाको उपेन्द्र यादव पक्षबाट मोहम्मद इस्तियाक राई छलफलमा जुटेका छन् ।

स्रोतकाअनुसार उनीहरुले अहिले सांसदको हस्ताक्षर संकलन गरिरहेका छन् । यता, कांग्रेस संसदीय दलको कार्यालयमा भने कांग्रेस, माओवादी केन्द्र र जसपाको सांसदहरुको संयुक्त छलफल सुरु भएको छ । उनीहरु आज ५ बजेभन्दा अघि नै वैकल्पिक सरकार गठनको लागि छलफलमा जुटेका हुन् । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्