Logo

श्रीदेवी र बोनी कपुरको अफेयरबारे अर्जुन भन्छन्, ‘पिताले जे गर्नुभो त्यो ठिक भन्न सक्दिन’



एजेन्सी, ७ जेठ । सबैलाई थाहा छ बलिउड फिल्मका अभिनेता अर्जुन कपुर आफ्नी आमा मोना शौरीसँग धेरै नजिक थिए । मोना शौरीको निधन भएको ९ वर्ष बितिसक्दा पनि अर्जुनले अझैपनि आमालाई सम्झिरहेका छन् ।

अर्जुनले आमालाई धेरै माया गर्थे, राम्रो पारिवारिक सम्बन्ध चलिरहेको थियो । बोनी कपुर र श्रीदेवीको अफेयर सुरु भएपछि घरमा झगडा सुरु हुन थाल्यो । पारिवारिक झगडाले सीमा नाघ्दै जाँदा श्रीदेवीसँगको मायामा परेका बोनी र मोना अलग भए ।

बोनीले श्रीदेवीलाई विवाह गरेपनि अर्जुनले कहिल्यै अपनाएनन् । तर श्रीदेवीको निधनपछि भने पिता र परिवारलाई राम्रोसँग सम्हाले । श्रीदेवीको निधन पछि बोनीसँग अर्जुन नजिकिएका हुन् । उनले अहिले पुरानो समय सम्झदै आमाको विरोधाभास आफ्नो दिमागमा भएको बताउदै आएका छन् ।

अर्जूनले पिता प्रेममा परेको हुनाले दुःख पाएको बताउदै अब भने पितालाई दोस्रोपटक माया र सम्मान गर्न थालेको बताउछन् । उनले माया धेरै ठुलो कुरा हो भनेका छन् । अर्जुनले मानिसको जीवनमा विभिन्न चरणहरु पार गर्नुपर्नेमा पिताले पनि गरेको भन्दै बोनीको कामलाई सहि भन्न नसक्ने बताएका छन् । अर्जुनले बाबुले गरेकोे निर्णयले आफ्नो बालपनमा धेरै प्रभाव पारेको समेत बताउदै आएका छन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्