Logo

प्रधानमन्त्री ओलीलाई गृहसहित थप ७ मन्त्रालयको जिम्मेवारी



काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट थप ७ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्े । उनले पूर्वमाओवादीबाट मन्त्री भएका ७ जनाले सम्हालेको मन्त्रालयहरुको जिम्मेवारी लिएका हुन् ।

राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गरी सर्वोच्च अदालतले ६ जेठमा गरेको आदेश अनुसार अन्तिम टुंगो नलागेसम्म रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणिचन्द्र थापा, गौरीशंकर चौधरी र दावा लामा तामाङलाई कुनै कारबाही नगर्नु नगराउनु भनिएकाले अर्को व्यवस्था नभएसम्म प्रधानमन्त्री ओलीले नै सम्हाल्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्