Logo

महन्थलाई खुशी पार्न शपथसम्बन्धी अध्यादेश, ‘प्रतिज्ञा गर्छु’ शब्द नै काटियो



काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ जेठमा पद तथा गोपनीयताको शपथ लिँदा ‘प्रतिज्ञा गर्छु’ शब्द उच्चारण गर्न मानेका थिएनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दोहोर्याएर भन्दा पनि उनले शपथमा उक्त शब्द उच्चारण नगरी त्यो पर्दैन भनेका थिए ।

यो विषय निकै बहसमा आयो । सर्वोच्च अदालतमा यसबारे मुद्दा पनि दायर भई विचाराधीन छ ।

आफूले प्रयोग गर्न नमानेको शब्द ओलीले मन्त्रिपरिषद्को बैठकमार्फत् अध्यादेश सिफारिश गरी हटाएको खुलेको छ । नेपाल राजपत्रमा नयाँ शपथको ढाँचा ल्याउँदा ‘प्रतिज्ञा गर्छु’ शब्द हटाइएको छ । कतिपय वाक्यहरु तलमाथि पारिएको छ ।

राष्ट्रपतिले सदर गरी राजपत्रको सूचनामा प्रकाशित शपथमा सोझो चिताईको ठाउम भलो चिताई शब्द राखिएको छ ।

अध्यादेशमा नेपाली भाषामा शपथ लिन पनि पाइने व्यवस्था गरिएको छ । नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिन सक्ने व्यवस्था गरिएको छ । मातृभाषामा शपथ लिने भएमा आफ्नो मातृभाषामा अनुवाद गरी त्यस्तो अनुवाद आफैले प्रमाणित गरी शपथ गराउने पदाधिकारी समक्ष शपथ लिनु अगावै पेश गर्नुपर्ने उल्लेख छ । यसलाई संशोधन गरेर ओलीले जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो समूहलाई खुशी पारेको खुलेको छ ।



प्रतिक्रिया दिनुहोस्