Logo

गगन थापाको टिप्पणी : महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ



काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्टपति विद्यादेवी भण्डारीले फेरि जालझेल गर्न खोजेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले राष्टपतिलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको पनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन्-१५३ जनाको समर्थन भएको भए सरकारले ७६(३)को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको?प्रमले नै’म विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६(५)को सरकार गठनको ढोका खोल्ने,राष्ट्रपतिले’विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको’भन्दै आव्हान गर्ने।अब फेरी जालझेल! यो प्रस्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन अवैधानिक र अनैतिक छ।राष्ट्रपतिज्यू,तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ। महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ!!नभए भिर बाट खस्ने लाई राम राम”



प्रतिक्रिया दिनुहोस्