Logo

योगेश भन्छन् : सही गरें कि गलत, ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु



काठमाडौं, ७ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता योगेश कुमार भट्टराईले आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आज रहेको उल्लेख गरेका छन् । उनले आफूले एमालेको एकतालाई जोगाउनको लागि नै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर नगरेको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमा उनले लेखेका छन्-“मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु ।”



प्रतिक्रिया दिनुहोस्