Logo

राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुको अर्को विकल्प छैन : नारायणकाजी श्रेष्ठ



काठमाडौं, ७ जेठ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ती गर्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता श्रेष्ठले बहुमत प्रतिनिधिसभा सदस्यहरु (१४९ जना सांसद) को समर्थनले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीको निम्ति राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गरिएको सुनाउँदै यस्तो बताएका हुन् ।

उनले लेखेका छन् बहुमत प्रतिनिधिसभा सदस्यहरु९१४९०को हस्ताक्षरको समर्थनले नेका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको निम्ति राष्ट्रपति समक्ष दावी प्रस्तुत गरिएको छ।राष्ट्रप्रतिले संवैधानिकरुपमा तुरुन्त शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नु आवश्यक छ ,अर्को बिकल्प छैन ।



प्रतिक्रिया दिनुहोस्