Logo

राष्ट्रपतिको कदमलगत्तै वर्षमान पुनको प्रतिक्रिया : मध्यरातमा डकैती गरियो



काठमाडौं, ८ जेठ । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य, सांसद तथा पूर्वमन्त्री वर्षमान पुनले प्रधानमन्त्रीमा शेरबहादुर देउवा र केपी शर्मा ओली दुवैको दाबी नपुगेको भनेर राष्ट्रपति विद्यादेवी भण्डारीले निकालेको वक्तव्यमा विरोध जनाएका छन् ।

उनले राष्टपतिको यो कदमलगत्तै मध्यरातमा डकैती गरिएको टिप्पणी गरेका छन् । नेता पुनले पूर्वराजा ज्ञानेन्द्र शाहल पनि शुक्रबार र मध्यरात नै रोज्ने गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्टपति विद्यादेवी भण्डारीले मध्यरातमा ज्ञानेन्द्रकै शैलीमा कू गरेको घुमाउरो पारामा आरोप लगाएका छन् । सामािजक सञ्जाल ट्विटरमा उनले लेखेका छन्-“मध्यरातमा डकैती गरियोर ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे ।’

बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद बैठक, संसद विघटन गरेर चुनावको मिति घोषणा गर्ने 

राष्ट्रपति भण्डारीद्धारा प्रधानमन्त्रीमा ओली र देउवा दुवैको दाबी नपुगेको ठहर



प्रतिक्रिया दिनुहोस्