Logo

राष्ट्रपतिको कदमलगत्तै कांग्रेसको प्रतिक्रिया : राष्ट्रपतिले संविधान च्यात्ने काम गरिन्



काठमाडौं, ८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान च्यात्ने काम गरेको गम्भीर आरोप लगाएका छन् ।

संविधानको धारा ७६ को ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको लागि गरेको दाबी नपुगेको राष्ट्रपतिले ठहर गरेपछि नेता लेखकको यस्तो भनाई आएको हो । नेता लेखकले राष्ट्रपतिजी भण्डारीबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन नसक्ने पनि टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्-“राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संम्विधान च्यात्ने काम गरिन । यीनवाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन ।”



प्रतिक्रिया दिनुहोस्