Logo

प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचनको घोषणा



काठमाडौं, जेठ ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी कातिक २६ गते पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणका निर्वचनको घोषणा गरेकी छन् ।

यस अघि मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र शेरबहादुर देउवाले पेश गरेको दावी अस्वीकार गरे पछि मन्त्रिपरिषद्ले सो निर्णय गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्