Logo

माधव नेपालको कडा टिप्पणी : शितलनिवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ, डटेर प्रतिवाद गर्न आह्वान गर्दछु



काठमाडौं, ८ जेठ । नेकपा (एमाले) का नेता माधव कुमार नेपालले शितलनिवासले संविधानको मर्मलाई कुठाराघात गरेको टिप्पणी गरेका छन् । उनले षड्यन्त्रकारीहरुको उक्साहट र चाहनामा फेरि पनि संसदको चीरहरण भएको बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत नेता नेपालले नेपालमा प्रतिगमन दोहोरिएको बताएका छन् ।

उनले लेखेका छन्-“षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ ।संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु !”



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम