Logo

आजको दिनसम्म आउँदा राष्ट्रपति भण्डारी महाअभियोग लगाउन ठीक पात्र हो : संविधानविद् डा. आचार्य (भिडिओसहित)



काठमाडौं, ८ जेठ । संविधानविद् डा. भीमार्जुन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले ०६२, ०६३ को आन्दोलनको उपलब्धिलाई समाप्त पार्ने काम गरेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

आचार्यले वर्तमान सरकार र प्रधानमन्त्री ओलीले एकपछि अर्को गरेर गलत काम गरेको बताएका हुन् । उनले आजको दिनसम्म आउँदाखेरि राष्ट्रपति विद्यादेवी भण्डारी सम्पूर्ण रुपले महाअभियोग लगाउन ठीक व्यक्ति र पात्र भएको पनि बताए । उनले भने-“संविधानले जुन ग्राउण्डमा महाअभियोग लगाउनुपर्छ भनेको छ, त्यो आधार चाहीँ उहाँ आँफैले पुष्टि गर्नुभयो ।”



प्रतिक्रिया दिनुहोस्