काठमाडौं, ८ जेठ । नेकपा (एमाले) का नेता भीम बहादुर रावलले हिजो नेपालको संविधानमाथि ठूलो जालसाजी र लोकतन्त्रमाथि प्रहार भएको टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातिमा प्रतिनिधिसभा विघटन गरेको भन्दै कडा आलोचना गरे ।
उनले प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को ४ अनुसार विश्वासको मत नलिएकोमा पनि आपत्ति जनाएका छन् । उनले आफूहरुले संसद विघटन नहोस भनेर नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयो गरेको सुनाए ।
उनले अब सबै दल एक भएर प्रतिगमनको विरुद्धमा लड्नुपर्ने आवाज उठाए । उनले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री ओलीको मतियार भएर काम गरेको पनि गुनासो पोखे । उनले यो कदम नेपालको ईतिहासमा कालो कर्तुतको रुपमा रहने पनि टिप्पणी गरे ।




प्रतिक्रिया