Logo

गगन थापाले भने-हामी अदालतमै उभिएर कानूनी लडाईँ लड्न तयार रहनुपर्छ



काठमाडौं, ८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद गगन कुमार थापाले राष्टपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान वर्खिलाप निर्णय गरेको भन्दै त्यसको विरुद्ध अदालत जाने बताएका छन् । उनले आफूहरु संसद विघटन गर्ने निर्णयको विरुद्धमा अदालतमा नगए सर्वोच्च अदालतको फैसलाको अपमान हुने पनि दाबी गरे ।

उनले लेखेका छन्-“१४९सांसदको७६(५)बमोजिमको दावीलाई संसदमा परीक्षण नै नगरी राप र प्रमले संविधानको वर्खिलाप गरेको निर्णयविरुद्ध हामी अदालत गएनौं भने त फागुन११को सर्बोच्चकै फैसलाको अपमान हुन्छ।अत:राजनीतिक लडाइँसँगै हामी १४९ सांसद हाम्रो संवैधानिक हकको लागि अदालतमै उभिएर कानूनी लडाइँ लड्न तयार रहनुपर्छ”



प्रतिक्रिया दिनुहोस्