Logo

गणतन्त्र र संविधानको रक्षार्थ प्रधानमन्त्री र राष्ट्रपतिका कमदविरुद्ध राजनैतिक र न्यायिक लडाईँ लड्छौं : देउवा (विज्ञप्तीसहित)



काठमाडौं, ८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटन गर्ने कदमलाई असंवैधानिक र संविधानमाथिको प्रहारको संज्ञा दिएका छन् । यो कदमको आफ्नो पार्टीले डटेर सामना गर्ने पनि उनले स्पष्ट पारेका छन् । आज एक विज्ञप्ती निकाल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलेमतोमा जनता सुतेको बेला मध्यराति प्रतिनिधिसभा विघटन गर्नु भनेको मिलेमतो भएको पनि टिप्पणी गरेका छन् । उनले भनेका छन्-“नेपालको संविधानको अक्षर र भावना अनुसार ओलीले प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने प्रष्ट अवस्था हुँदाहुँदै त्यस्तो गैर संवैधानिक दावीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक मात्र होइन अनैतिक पनि हो ।”



प्रतिक्रिया दिनुहोस्