Logo

पाँच दलको संयुक्त वक्तव्य : संसद विघटनविरुद्ध कानूनी र राजनीतिक प्रतिवादन गर्ने निर्णय



काठमाडौं, ८ जेठ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह, जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्ष र जनमोर्चाले संयुक्त विज्ञप्ती निकाल्दै संसद विघटन गर्ने कदमलाई प्रतिगमनको संज्ञा दिँदै त्यसको विरुद्धमा कानूनी र राजनीतिक प्रतिवादन गर्ने निर्णय निकालेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाबाट दुर्गा पौडेलको हस्ताक्षर छ ।



प्रतिक्रिया दिनुहोस्