प्रधानमन्त्री र राष्ट्रपतिले अनुचित साँठगाँठ गरी प्रतिनिधिसभा भंग गरेको माधव नेपालको आरोप, प्रतिगमनविरुद्ध एकताबद्ध हुन आह्वान (वक्तव्यसहित)


काठमाडौं, ८ जेठ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान, लोकतन्त्र र राष्टिय हित माथि प्रहार गर्दै मध्यरातमा प्रतिनिधिसभा विघटन गरेको भन्दै कडा आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्री ओलीले संविधानसमेत मिचेको गम्भीर आरोप लगाएका छन् । आज एक वक्तव्य जारी गर्दै नेता नेपालले संवैधानिक प्रावधानलाई कुल्चेर प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले अनुचित साँठगाँठ गरी प्रतिनिधिसभा भंग गरेको पनि आरोप लगाएका छन् ।

नेता नेपालले विज्ञप्तीमा भनेका छन-“देशमा कोरोना विषाणुको महामारी फैलिरहेको बेला जनताको पीडामा नुनचुक लगाउने गरी प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट अलोकतान्त्रिक र स्वेच्छाचारी किसिमले गरिएको प्रतिनिधिसभा विघटनको प्रतिगमनकारी कार्यका विरुद्ध एकताबद्ध हुन सम्पूर्ण लोकतन्त्रप्रेमी देशभक्त राजनीतिक दल र जनसमूदायमा हार्दिक अपिल गर्दछु ।’