Logo

प्रधानमन्त्रीले भ्रष्टाचारलाई सँधै संरक्षण गर्नुभयो, तर बाहिर भ्रमपूर्ण कुरा गर्नुभयो : पुष्पा भुषाल (भिडिओसहित)



काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भुषालले प्रधानमन्त्री केपी शर्मा ओली र राष्टपति विद्यादेवी भण्डारीले संविधानमाथि प्रहार गरेको भन्दै संसद् विघटन गर्ने कदमको कडा विरोध गरेकी छिन् । आज अपरान्ह प्राइम टिभीबाट प्रसारण भएको प्राइम इस्यु कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानमन्त्री ओलीले चुनाव घोषणा गर्ने बहानामा सत्ता लम्ब्याउन खोजेको टिप्पणी गरिन् ।

उनले आज चुनाव गर्ने बेला हो र ? भन्दै प्रश्न तेर्साईन् । हिजोको क्रियाकलापले संविधानलाई कमजोर बनाएको भुषालको भनाई छ । उनले जनता महामारीको पीडामा बसेको बेला सरकार विश्वासको मत लिने खेलमा लागेको र त्यो कदम आज संसद विघटनको कडी बनेको सुनाईन् । वर्तमान सरकारले भ्रष्टाचारलाई संरक्षण गरेको तर बाहिर जनतामा भने भ्रमपूर्ण कुरा गरेको पनि उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्