Logo

माधव नेपाल रुँदै गरेको तस्विर सेयर गर्दै सूर्य थापाले भने-बादलविरुद्ध भोट हाल्नेलाई स्पष्टीकरण सोधिएको छ



काठमाडौं, ८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नै पार्टीका नेता माधव कुमार नेपालको रुँदै गरेको तस्विर सेयर गर्दै यही जेठ ६ गते सम्पन्न राष्टियसभाको उपनिर्वाचनमा रामबहादुर थापाविरुद्ध भोट हाल्नेलाई २४ घण्टे स्पष्टीकरण सोधिएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्-रामबहादुर थापाविरूद्द भोट हाल्ने अष्टलक्ष्मी शाक्य,राजेन्द्र पाण्डे,अरुण नेपाल,रचना खड्का,कुसुम कु।कार्की,मुनु सिग्देल,वसुन्धरा हुमागाईं,लक्ष्मण लम्साल,इन्द्रमाया गुरुङ,कृष्ण खनाल,वसन्त मानन्धर,शान्तिप्रसाद पौडेल,पार्वती सिलवाल र मीना ज्ञवालीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ।”



प्रतिक्रिया दिनुहोस्