Logo

गगन थापाको टिप्पणी : राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, बिचरा !



काठमाडौं, ८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले आफ्नै कर्म र प्रवृत्तिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओले आज कांग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको विज्ञप्तीमा राष्ट्रपतिलाई तिमी भनिएकोमा देउवाको आलोचना गरेका छन् । त्यसको जवाफमा गगनले भनेका छन्-“राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ,बिचरा !”

सामाजिक सञ्जालमा कांग्रेस नेता थापाले लेखेका छन्-“राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ,बिचरा! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड!! “सम्माननीय राष्ट्रपति”बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको?  आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो।”



प्रतिक्रिया दिनुहोस्