Logo

ताजा जनादेशमा नगएर शेरबहादुर देउवा के जंगल जानुहुन्छ ? : गोकुल बाँस्कोटा (भिडिओसहित)



काठमाडौं, ९ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले संसद् विघटन गरेर चुनाव घोषणा गर्नु प्रतिगमन भयो भने अब कार्तिक र मंसिरमा हुने चुनावपनि तेस्रो प्रतिगमन हुने टिप्पणी गरेका छन् ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले तोकिएकै समयमा निर्वाचन हुने पनि स्पष्ट पारे । उनले चुनाव हुँदैन ? भनेर कसले भनेको भन्दै जंगिए । उनले कांग्रेस सभापति शेरबहादुर देउवा चुनावमा नगएर के जंगलमा जानुहुन्छ त ? भन्ने प्रश्नपनि गरे । संविधानका धाराहरु सक्रिय भएको भन्दै कसैले पनि संसद विघटन नगरेको उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्