Logo

प्रधानमन्त्री ओलीमाथि खनिए घनश्याम, छक्कापञ्जाले समस्याको समाधान नगर्ने दाबी



काठमाडौं, ९ जेठ । नेकपा (एमाले) का नेता घनश्याम भुषालले सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैद्यता गुमाउँदै गएपछि नागरिकहरुलाई भ्रमित पारेर समाजमा नक्कली वैद्यता सिर्जना गर्न प्रयत्न गर्ने टिप्पणी गरेका छन् । तर, त्यसको परीणाम भने विपरित हुने उनको भनाई छ । सामाजिक सञ्जाल फेशबुमार्फत उनले सत्ताधारीले जति जति चर्तिकला देखाउँदै जान्छ क्रान्तिले वैद्यता पाउँदै जाने पनि दाबी गरेका छन् ।

उनले लेखेका छन्-“सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित पारेर, उनीहरुको पङ्तिमा विभाजन देखाएर, कसैलाई तर्साएर र अरुलाई किनेर, कतिलाई मानपदवी दिएर, कैयनलाई बदनाम गरेर समाजमा नक्कली वैधता सिर्जना गर्न अनेक प्रयत्न गर्छ । वास्तवमा परिणाम विपरित हुन्छ । उसले जति जति त्यस्तो चर्तिकला देखाउँदै जान्छ क्रान्तिले वैधता पाउँदै जान्छ । सत्ताले समस्या व्यक्तिमा देख्छ र साम, दान, दण्ड, भेदजस्ता समाधानका उपायहरु अपनाउँछ । यसबारे माक्र्सको निष्कर्ष के छ भने समस्या केवल व्यक्ति वा व्यक्तिहरुको होइन बरु त्यस्ता व्यक्ति जन्मिने वस्तुगत अवस्थाको हो । अथवा यसरी भनौँ – राजनीतिक समस्याको समाधान अराजनीतिक छक्कापञ्जाले गथ्र्यो भने आजका विश्व विद्यालयहरुमा मुख्यरुपले छक्कापञ्जाशास्त्र कै पढाई हुन्थ्यो ।”



प्रतिक्रिया दिनुहोस्