Logo

महालक्ष्मी बैंकको योजना “महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा”



काठमाडौं, ९ जेठ । महालक्ष्मी विकास बैंकले कोरोना संक्रमण जोखिम न्यूनिकरण गर्न डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले “महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा” योजना संचालन गरेको छ ।  बैंकले आफनो २७ औं बार्षिकउत्सवको अवसरमा “महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा” योजना संचालनमा ल्याएको हो ।

बैंकको अनुसार यो योजना अन्तर्गत हालसम्म बैंकको मोबाईल एप प्रयोग नगरेका ग्राहकहरुले जेष्ठ ७ गते देखि २७ दिनसम्म महालक्ष्मी स्मार्ट डाउनलोड गरेर पहिलो कारोबार गर्दा आफ्नो खातामा बैंकको तर्फबाट १ सय रुपैयाँ प्राप्त गर्न सक्नेछन् ।

बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्यू आर कोड लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोगबाट गर्न बैंकले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्