Logo

नेपाल एसबिआई बैंकको संचालकमा वस्ती



काठमाडौं, ९ जेठ । नेपाल एसबिआई बैंकले संचालकमा भरतराज वस्तीलाई नियुक्त गरेको छ । जेठ ६ गते बसेको बैंकको संचालक समितिको ४६९ औं बैठकले वस्तीलाई संचालकमा नियुक्त गरेको हो ।

शेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट संचालकको रुपमा प्रतिनिधित्व गर्दै आएका अर्जुन कुमार गौतमले छाडेपछि खाली भएको स्थानमा वस्तीलाई नियुक्त गरेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्